१. नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकि १६ जिल्लाको जिल्ला अधिवेशन फागुन १३ गते हुने, अधिवेशन बाँकी रहेका जिल्लाभित्रका निर्वाचन क्षेत्र र वडा अधिवेशन भने माघ १० भित्रै सक्न निर्वाचन समितिको निर्देशन ।
२. एमसीसी संसदमा पेश गर्नबाट सभामुखले रोक्न नपाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, एमसीसीका विषयमा मुलुकलाई गम्भीर भूराजनीतिक द्वन्द्वमा फसाइएको आरोप ।
३. एमसीसीको सन्दर्भमा केपी शर्मा ओली गैरजिम्मेवार बनेको आरोप ‘प्रचण्ड’ सचिवालयको आरोप, ओलीले प्रचण्डको कुरालाई गम्भीरतापुर्वक नलिएको टिप्पणी ।
४. यथास्थितिमा एमसीसीलाई समर्थन गर्न नसकिने नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, एमसीसी सम्झौतालाई मिति पर सार्दा उत्तम हुने प्रतिक्रिया ।
५. नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार २१५ जना संक्रमणमुक्त, १४ जनाको मृत्यू ।
६. चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुनै पनि मन्त्रालयले आफूलाई दिएको बजेटको आधा रकम पनि खर्च गर्न सकेनन्, पुस मसान्तसम्म सबैभन्दा बढी खर्च रक्षा मन्त्रालय र कम खर्च गर्ने श्रम मन्त्रालय ।
७. नेपालले हालसम्म ४ करोड ६५ लाख डोज कोरोनाविरुद्धको खोप प्राप्त गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाको भनाइ, तोकिएको मितिभन्दा अगावै कोभिड–१९ बिरुद्धको पूर्ण खोप प्रदान गर्ने लक्ष्य पूरा हुने दाबी ।
८. कोरोनाविरुद्धको २४ लाख डोज खोप गायब नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टीकरण, देशभरबाट तथ्यांक नआएका कारण खोपको आंकडा नमिलेको प्रस्टोक्ति ।
९. माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजदेखि भक्तजनका लागि खुला, विशेष पूजा भने शनिबारदेखि सुरु गरिने ।
१०. १२ वर्ष मुनिका बालबालिकालाई आलोपालो दिनमा पठनपाठन गराउन सरकारको निर्देशन, १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा भने नियमित रुपमा कक्षा सञ्चालन हुने ।
११. यस साता सेयर बजारमा ७५ दशमलव १८ अंकको गिरावट, लगानीकर्ताको सम्पति पनि १ खर्ब ५ अर्बले घट्यो ।
१२. गर्भपतनले बाझोपन हुने समस्या बढेसँगै चीनले गर्यो अविवाहित जोडीको गर्भपतन रोक्ने तयारी, उक्त योजनालाई लिएर सामाजिक सञ्जालमा बहस र विरोध बढ्यो ।
१३. अमेरिकी राष्ट्रपति बाइडेनलगायतका विश्व नेताहरुलाई पछि पार्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ग्लोबल लिडर अप्रूभल सूचीको शीर्षस्थानमा, १३ विश्व नेताको सूचीमा १२ नेतालाई पछि पार्दै मोदीले पाए सबैभन्दा बढी रेटिङ ।
१४. कतार एयरवेज सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले निकाल्यो पहिलो जित, शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लब ५–२ गोल अन्तरले पराजित ।
१५. र इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकाल्दै आर्सनल पाँचौं स्थानमा उक्लियो, उल्भ्सलाई १–शून्य गोल अन्तरले पराजित ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया