कांग्रेसले बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने

लोकपथ
208
Shares

काठमाडौं । नेपाली कांग्रेसको बाँकी रहेका १६ जिल्लाको जिल्ला अधिवेशनको मिति टुंगो लागेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आगामी फागुन १३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

समितिले पार्टीको १४औँ महाधिवेशन अन्तर्गत बाँकी रहेका १६ जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको हो ।

हाल कांग्रेसको मधेस प्रदेशका ८ जिल्ला सहित चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, सुर्खेतसहितका १६ जिल्लामा अधिवेशन हुन् बाँकी छ ।

अधिवेशन बाँकी रहेका जिल्लाभित्रका निर्वाचन क्षेत्र र वडा अधिवेशन भने माघ १० भित्रै सक्न निर्वाचन समितिले निर्देशन दिएको छ ।

गत मंसिर २६ गते कांग्रेसको १४औँ महाविधेशन भएको थियो । तर बाँकी रहेका १४ जिल्लामा भने विभिन्न विवादका कारणले अधिवेशन हुन बाँकी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?