कामना सेवाको ‘कामना सेवा कस्टमर डे’ सम्पन्न

लोकपथ
117
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कामना सेवा विकास बैंकले प्रथम ‘कामना सेवा कस्टमर डे’ कार्यक्रम सम्पन्न गरेको छ।

ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदै बैंकले प्रदान गर्ने सेवा र सुविधालाई थप सरल एवं ग्राहकमैत्री सेवा प्रवाह गर्न ‘केएसबीबीएल केयर’ सन् २०१९ फेब्रुअरी ९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनको वार्षिकोत्सवका अवसरमा बैंकले ‘कामना सेवा कस्टमर डे’ कार्यक्रममार्फत देशव्यापी रुपमा आफ्ना ग्राहकलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गरी कार्यक्रम सम्पन्न गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले बैंकको उत्तरोत्तर प्रगतिमा निरन्तर साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण ग्राहकप्रति कृतज्ञता व्यक्त गरे।

यसका साथै ग्राहकका आवश्यकताअनुसार भरपर्दो र गुणस्तरीय सेवाहरु प्रदान गर्दै निरन्तर सेवाहरुमा उत्कृष्टता ल्याउन बैंक प्रतिबद्ध रहने पनि बस्नेतले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?