नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनलगायतका विश्व नेताहरुलाई पछि पार्दै ग्लोबल लिडर अप्रूभल सूचीको शीर्षस्थानमा रहेका छन्। प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसन जस्ता विश्व नेताहरूलाई ग्लोबल रेटिङमा पछाडि पारेका छन्।
अमेरिकी रिसर्च फर्म मर्निङ कन्सल्टले जारी गरेको सूची अनुसार प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनजस्ता विश्व नेताहरूलाई पछि पार्दै ग्लोबल लिडर अप्रुभल रेटिङ सूचीमा सबैभन्दा बढी रेटिङ पाएका हुन्।
१३ विश्व नेताको सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन ४१ प्रतिशत रेटिङका साथ छैटौं नम्बरमा छन्। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन क्यानडाका राष्ट्रपति जस्टिन ट्रुडो पछि ४१ प्रतिशतसहित आठौं स्थानमा छन्।
ग्लोबल लिडर अपूभल सूचीका अनुसार १३ विश्व नेताहरु मेक्सिकोका राष्ट्रपति ओब्राडोर, इटालीका प्रधानमन्त्री मारिओ ड्राघी, जापानी प्रधानमन्त्री फुमियो किशिदा, जर्मन चान्सलर ओलाफ स्कोल्जलाई पनि मोदीले पछि पारेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया