गाई गोरु काट्न नपाइने व्यवस्था हटाउन खोटाङका सत्तारुढ गठबन्धनको माग

लोकपथ
3.2k
Shares

खोटाङ । खोटाङका सत्तारुढ गठबन्धनले मुलुकी अपराध संहिता २०७४ को धारा २८९ खारेजीको माग गर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजादी पार्टीले मुलुकी अपराध संहिताको धारा २८९ मा उल्लेखित ‘गाई गोरु मार्न वा कुट्न नहुने’ व्यवस्था खारेजीका लागि पहल गर्ने निर्णय गरेका हुन् ।

२६ माघमा बसेको सत्तारुढ गठबन्धनको बैठकले आदिवासी जनजाति समुदायलाई दुःख दिने, मुद्दा लगाउने कार्य हुन नदिन संविधानसँग बाझिएको मुलुकी अपराध संहिताको धारा खारेजीका लागि नेपाल सरकारसमक्ष माग गर्ने र सोको लागि गठबन्धनमा आवद्ध दलले आ-आफ्नो पार्टीका केन्द्रीय समितिलाई आवश्यक पहलका लागि अनुरोध गर्ने निर्णय गरिएको बिहीबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

गोरु काटेर मासु बिक्री गर्दै गरेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ४० वर्षीय खगेन्द्र तामाङ र ३५ वर्षीय गणेशबहादुर तामाङ २३ माघमा पक्राउ परेपछि गठबन्धनको यस्तो धारणा सार्वजनिक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?