भीम रावलले कांग्रेसलाई लगाए उद्योगधन्दा बेचेको आरोप

लोकपथ
112
Shares

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले सत्तारुढ दल नेपाली कांग्रेसलाई उद्योगधन्दा बेचेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै पूर्वमन्त्री समेत रहेका नेता रावलले कांग्रेसले उदारवादको हल्ला चलाएर देशको उद्योगधन्दा खतम पारेको आरोप लगाएका हुन् ।
उनले भनेका छन्, ‘उदारवादको हल्ला चलाई देशका उद्योगधन्दा खतम गरी परनिर्भता बढाउने पनि कांग्रेसै हो।’
अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को खुलेर विरोध गरिरहेका छन् । उक्त सम्झौता पास भएमा विदेशी हस्तक्षेप बढ्ने भन्दै विरोध गरिरहेका नेता रावलले यसअघिका अन्य सम्झौता जस्तै एमसीसी सम्झौताले पनि राष्ट्रिय स्वाधिनता र हितमा आधात पुर्याउने टिप्पणी गरे ।
अघि उनले भने, ‘नेपाली कांग्रेसले १९५० को सन्धिको समर्थन, कोशी, गण्डकी र महाकाली सम्झैता गरी राष्ट्रिय स्वाधीनता र हितमा गरेको आघातको इतिहासलाई राष्ट्रघाती प्रावधान रहेको एमसीसी सम्झौताको समर्थन गरी फेरी बल्झाउदै छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?