एकीकृत समाजवादीकी नेतृ भन्छिन्- ‘एमसीसीकै कारण गठबन्धन टुट्छ भने टुटोस्’

लोकपथ
182
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ मदनकुमारी शाह ‘गरिमा’ले एमसिसी पारित नगर्दा सरकार ढल्छ भने ढल्न दिनुपर्ने बताएकी छन् ।

‘राष्ट्रियताभन्दा सरकार ठूलो नभएका कारण गठबन्धन तोड्न तयार छौं । तर, एमसिसी कुनै पनि सर्त वा बहानामा अघि बढ्नै दिदैनौं,’ राष्ट्रियसभा सदस्यसमेत रहेकी शाहले भनिन् ।

कार्यकर्ता भेटघाटमा अछाम पुगेकी शाहले एमसीसी कुनै पनि हालतमा अनुमोदन हुन नहुने बताइन् । ‘एमसीसी कुनै पनि सर्त वा बहानामा अघि बढाउने कुरा जनतालाई स्वीकार्य हुँदैन । यो खारेज हुनुपर्छ,’ उनको भनाइ छ ।

उनले पाँच दलीय सत्ता गठबन्धन फुटाउने वा जुटाउने कारक एमसिसी बन्न नहुने पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?