कांग्रेस स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित

लोकपथ
7
Shares
????????, ?? ??? ?????? ???????? ?????? ????????? ???????? ????????? ???????? ??????? ????? ????????? ???????????? ??????? ?????? ?????? ????????????? ??? ???????? ?????? ?????? ????????? ????? ????? ?????? ??????? ? ?????? ? ???? ???????, ????

नेपाली कांग्रेस आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने भएको छ । सरकारको निर्णयको स्वागत गर्दै पार्टी सम्पूर्ण एकता र सक्रियताका साथ निर्वाचनमा केन्द्रित हुने कांग्रेसले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा स्थानीय तहको निर्वाचनको तयारीका लागि निर्वाचन मूल तयारी समिति, घोषणापत्र तयारी समितिलगायत विभिन्न समिति गठन गर्ने प्रस्ताव प्रस्तुत गरिएको छ ।

यसैगरी सङ्गठन सुदृढीकरण एवं निर्वाचन तयारी केन्द्रित राष्ट्रव्यापी अभियान अघि बढाउने सम्बन्धमा समेत बैठकमा छलफल भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले सभापति पद रिक्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था तथा अन्य भ्रातृ एवं शुभेच्छुक संस्थालाई गतिशील तुल्याउने, विभिन्न भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृत गर्ने, केही नयाँ भ्रातृ एवं शुभेच्छुक संस्थालाई मान्यता प्रदान गर्नेलगायत विषयका प्रस्ताव प्रस्तुत गरेका थिए।

बैठकमा पार्टीको १४औँ महाधिवेशन पश्चात् निश्चित गर्ने गरी अधिवेशनका क्रममा थाति राखिएका क्रियाशील सदस्यताको व्यवस्थापन सम्बन्धी, नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धी, केन्द्रीय अनुशासन समिति गठन सम्बन्धमा र बाँकी जिल्ला (क्षेत्र र पालिका समेतको) अधिवेशनको नयाँ मिति घोषणा गर्न केन्द्रीय निर्वाचन समितिलाई आग्रह गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएका छन् ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा शशाङ्क कोइराला, डा रामशरण महत, सुनिलबहादुर थापा, बलबहादुर केसी, उमा रेग्मी, रमेश रिजाल, डा नारायण खड्का, जीपछिरिङ लामा र आनन्दप्रसाद ढुङ्गानाले आ–आफ्नो धारणा राखेका थिए। बैठक शुक्रबार दिउँसो २ बजे पुनः बस्ने पौडेलले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?