सर्लाही । स्थानीय तहको निर्वाचनमा दलहरुले आरक्षणबाहेक पनि क्षमताको आधारमा दलित समुदायलाई नेतृत्वमा समेट्नु पर्ने आवाज उठेको छ ।
सर्लाही लालबन्दी नगरपालिकामा आयोजित स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व विषयक अन्तरक्रिया कार्यक्रमा सहभागी वक्ताहरुले स्थानीय तहहरु दलितको प्रतिनिधित्व बढाउन माग गरेका हुन् ।
दलित सरोकार मञ्च नेपालको आयोजनामा नवलपुरमा आयोजित कार्यक्रममा दलित समुदायका अगुवा जिल्लाका विभिन्न पालिकाका जनप्रतिनिधिहरुले अधिकार लागि अग्रसर हुन आग्रह आग्रह गरेका थिए ।
कार्यक्रममा प्रतिनिधिहरुलाई विषय विज्ञको रुपमा डा विजय मिश्रले अधिकार प्राप्तिका लागि अग्रसर हुनु पर्ने बताएका हुन् ।
कार्यक्रममा ५ बुंदे घोषणा पत्र समेत सार्वजनिक गरिए थियो जसमा निर्वाचनमा राजनीतिक दलहरुले दलित समुदायलाई शिक्षा, चेतना अभिबृद्धीका कार्यक्रम, आर्थिक समृद्धिकोलागि क्षमता विकास, राजनैतीक पहुचका लागि संगठित गर्ने कुरा घोषणा पत्रमा उल्लेख गर्न पहल गर्ने उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया