लोसपा र एमाले त्यागेका नेताहरूलाई देउवाले गरे कांग्रेसमा स्वागत

लोकपथ
238
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एमाले त्यागेर नवलपरासीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसमा प्रवेश गर्नेमा लोसपाका नेता नगेन्द्र अग्रहरि रहेका छन् । उनी लोसपाका नवलपरासी जिल्ला वरिष्ठ उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ नवलपरासीका उपाध्यक्ष हुन् । उनी २०७४ को प्रदेश सभा सदस्य पदका उम्मेदवारसमेत रहेका थिए । यस्तै लोपाका नवलपरासी जिल्ल सचिव जयप्रकाश सहनी, मनोजकुमार गिरी, माया अग्रहरि र धिरज शर्मा रहेका छन् ।

यस्तै नेकपा एमाले रामग्राम नगर समितिका सदस्यलगायत नेताहरू पनि कांग्रेसमा प्रवेश गरेको कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बताए ।

उनीहरूलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसको सदस्यता प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?