सम्झौता कार्यान्वयन गर्न प्रमुख प्रतिपक्षी दल एमालेको माग

लोकपथ
70
Shares

कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक गुलाबजङ्ग शाहले प्रदेश सरकारले प्रतिपक्षी दलसँगको सम्झौता कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको नवौँ बैठकमा प्रमुख सचेतक शाहले एमालेले प्रदेशसभामा उठाउँदै आएका विभिन्न मागका विषयमा यही माघ १८ गते प्रदेश सरकारले प्रतिपक्षीसँग सातबुँदै सम्झौता गरेको बताए । कर्णाली प्रदेशसभामा रिक्त पाँच सदस्यको निर्वाचन क्षेत्रमा पूर्वाधार विकास कार्यक्रममा गरेको प्रतिबद्धता प्रदेश सरकारले कार्यान्वयन नगरेको उनको आरोप छ ।

प्रदेशसभामा एमालेका प्रदेशसभा सदस्यहरु मीनासिंह रखाल, बद्मीक्वारी बोहोरा र खड्क खत्रीले सात बुँदामा गरेका निर्णय प्रतिपक्षीको आँखामा छारो हाल्ने काम मात्र गरेको आरोप लगाए । सम्झौताको बुँदा नं ४ अन्तर्गत पूर्वाधार विकास कार्यक्रमको कार्यविधि प्रदेश सरकारले संशोधन नगरेको तीनै जनाको भनाइ छ । कर्णालीमा हाल दैलेख ‘क’ र ‘ख’, कालीकोट ‘क’, डोल्पा ‘क’ तथा सल्यान ‘ख’ क्षेत्रमा प्रदेशसभा सदस्य पद रिक्त छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?