१. प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता, एमसीसीसहित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल
२. माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित, पदाधिकारी चयनमा पार्टीभित्र सन्तुलन मिल्न नसक्दा सकस ।
३. आगामी चुनावका लागि ५० अर्ब बजेट माग भएको अर्थमन्त्री जनार्दन शर्माको भनाइ, बजेटमा चुनावका लागि १० अर्ब छुट्याइएको प्रतिक्रिया ।
४. मधेश माओवादीमय बन्ने भएपछि षड्यन्त्र सुरु भएको अध्यक्ष प्रचण्डको दाबी, मधेशको मसिहा भन्ने पार्टी नै अहिले गणतन्त्र, संघीयता, पहिचान विरोधी भएर निस्किएको आरोप ।
५. त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १ देखि भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्ने, रोकिएका सबै परीक्षा नियमित सञ्चालन गरिने ।
६. पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार २ सय ३८ जना संक्रमणमुक्त, १२ जनाको मृत्यु ।
७. कमल थापाले पार्टी परित्याग गर्नु अनपेक्षित घटना भएको भन्दै पशुपति शमशेर जबराले गरे दुःख व्यक्त, थापा पुनः पार्टीमा फर्किनेमा आशावादी रहेको भनाइ ।
८. एसईईको परीक्षा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको भनाइ, प्रदेशले उत्तरपुस्तिका परीक्षण गरिसकेपछि आफ्नो समयानुसार नतिजा प्रकाशन गर्ने ।
९. धनुषामा ४ सय ६७ घर परिवारलाई लालपुर्जा वितरण, भूमिसम्बन्धी समस्या सदाका लागि अन्त्य गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको प्रतिबद्वता ।
१०. चालू आर्थिक वर्ष २०७८÷७९को बजेटको आकार घट्यो, अब बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड हुने ।
११ सरकारले दुधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढायो, बढेको मूल्य भोलिदेखि लागू हुने ।
१२. साताको अन्तिम कारोबार दिन पनि घट्यो सेयर बजार, नेप्से ११ दशमलव ९६ अंकले घट्दा कारोबार रकम ३ अर्ब ८२ करोडमा सीमित ।
१३. बेलायतमा सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइँदै, संक्रमणसँगै बाँच्ने सरकारको रणनीति ।
१४. फिफा वरीयतामा नेपालको २ स्थान सुधार, नयाँ वरीयतामा नेपाल १६७औँ स्थानमा ।
१५. र इङ्गलिस प्रिमियर लिगअन्तर्गतको फुटबल खेलमा आज लिभरपुल र लेस्टर सिटी भिड्दै, पछिल्लो ४ हारको बदला तिर्ने दाउमा मैदान उत्रँदै लेस्टर सिटी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया