फागुन २ गतेको प्रनिनिधि सभा बैठक सार्न एमालेको माग

लोकपथ
420
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी फागुन २ गते बोलाइएको प्रतितिनि सभाको बैठक सार्न माग गरेको छ ।

एमालेले सोही दिन विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गरिएकाले सो दिन बैठक स्थगित गर्न माग गरेका हुन् ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी गराएको बताए ।

बुधबारका लागि बोलाइएको बैठक फागुन २ गतेसम्मका लागि स्थगित गरिएको थियो । अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा दलहरुबीच सहमति जुट्न नसक्दा गत पुस ७ गते यता प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?