नेविसंघको महाधिवेशन गर्न माग गर्दै सानेपामा फरक शैलीको आन्दोलन (तस्बिरसहित)

लोकपथ
988
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विधानसम्मत महाधिवेशनको माग गर्दै बिहीबार नेतृत्वलाई दबाब दिएको छ । ्

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको मौकामा नेविसंघको कृष्ण प्रसाद सिटौला, प्रदीप पौडेल निकटका विद्यार्थी हरुको समूहले महाधिवेशनको माग गर्दै नेतृत्वलाई दवाव दिएको हो । पूर्व केन्द्रिय सदस्य सुशील भट्ट ,रत्नहरी ढुगेल ,नवराज त्रीपाठी, पुर्व सहमाहमन्त्री प्रमेश्वर साह ,तरुण नेता भागवत रेग्मी,विद्यार्थी नेताहरू हरी आचार्य ,दीपक ओझा, जीवन राना,किरण भट्टराई ,सन्तोष गुरुङ ,लगायतका विद्यार्थी नेताहरुको नेतृत्वमा विद्यार्थी पार्टी कार्यालय सानेपा अगाडि भेला भइ नेतृत्वलाई नेविसंघको झण्डा ड्रइङ गरेर पार्टी सभापतिदेखि केन्द्रीय कार्यासम्पादन समिति सदस्य समेतलाई महामन्त्री विश्वप्रकाश शर्मा र मुख्य सचीव कृष्ण पौडेल मार्फत बुझाएको विद्यार्थी नेता सुबास घिमिरेले बताए ।

उनीहरुले केन्द्रीय कार्यसमितिका सदस्यसमेतलाई नेविसंघको झण्डासहितको ‘विधानसम्मत महाधिवेशन सुनिश्चित गर’ लेखिएको ड्रोइङ बुझाउने छन् ।

नेविसंघका पूर्व केन्द्रीय सदस्य सुशील भट्टले लामो समय महाधिवेशन हुन नसक्दा अन्योलता भएको भन्दै नेतृत्वलाई दवाव दिन रचनात्मक विधि अपनाइएको बताए । उनले फुलिस्केप कागजमा नेविसंघको झण्डासहितको पेन्टिङ गरेर नेतृत्वलाई दवावसहित दिइएको जानकारी दिए । उनले छिटोभन्दा छिटो महाधिवेशन हुनुपर्छ भन्ने आफूहरुको धारणा रहेको भन्दै सोहीअनुसार नेतृत्वले वातावरण बनाउनुपर्नेमा जोड दिए ।

पार्टी कार्यालयमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा नेविसंघको महाधिवेशनसहित विभिन्न विषयमा छmलफल हुने कार्यक्रम रहेको छ । नेविसंघको महाधिवेशनको माग गर्दै विद्यार्थीहरुले यसअघि नै नेताहरुको ध्यानाकर्षण समेत गराउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?