गाउँपालिका अध्यक्ष र वडाध्यक्ष माओवादी केन्द्रमा प्रवेश

लोकपथ
1.3k
Shares

काठमाडौं । विभिन्न पार्टी परित्याग गरि गाउँपालिका अध्यक्ष र वडाअध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

रुपन्देहीको सम्मरिमाई गाउँपालिका अध्यक्षका अध्यक्ष जितेन्द्रनाथ सुक्ला (बब्लु) तत्कालीन विजयकुमार गच्छादार नेतृत्वको फोरम लोकतान्त्रिक परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । त्यस्तै सोही गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष श्रवणकुमार यादव नेपाली कांग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । गाउँपालिका अध्यक्ष र वडाअध्यक्षसहित पार्टी प्रवेश गरेका अन्य कार्यकर्ताहरुलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका छन् ।

त्यस्तै यसअघि जुम्ला जिल्ला विप्लव नेतृत्वका इन्चार्जसहित नेता कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?