सीमा प्रतिबन्धपछि अस्ट्रेलिया र न्युजिल्यान्डबीचको टी-२० क्रिकेट रद्द

लोकपथ
84
Shares
SYDNEY, AUSTRALIA – MARCH 13: Alex Carey of Australia taps fists with Trent Boult of New Zealand after the final wicket was taken during game one of the One Day International series between Australia and New Zealand at Sydney Cricket Ground on March 13, 2020 in Sydney, Australia. (Photo by Matt King/Getty Images)

काठमाडौं । अस्ट्रेलिया र न्युजिल्यान्डबीच अर्को महिना हुने तय भएको टी– २० क्रिकेट शृंखला रद्द भएको छ ।

अस्ट्रेलिया र न्युजिल्यान्डले तीन टी–२० क्रिकेट शृंखला खेल्ने तय भए पनि न्युजिल्यान्ड सरकारले सीमा प्रतिबन्ध खुकुलो नगरेपछि दुबै टोली शृंखला रद्द गर्न तयार भएका हुन् ।

पहिलो खेल १७ मार्च र अन्तिम खेल २० मार्चमा हुने तालिका थियो । अस्ट्रेलियाविरुद्धको शृंखला रद्द भएसँगै न्युजिल्यान्डले अब नेदरल्यान्डविरुद्ध खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?