देशका विभिन्न स्थानमा मृत अवस्थामा फेला

लोकपथ
21
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।

प्युठान, झिमरुक गाउँपालिका-५ सोही ठाउँ बस्ने ६९ वर्षीय डेगमान महतरा सोही ठाउँस्थित खरबारीको भिरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । गत शुक्रबार घरबाट हिँडेका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।

खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-७ स्थित सिन्धुलीगढी होटलमा काम गर्ने झापा दमक नगरपालिका(१ घर भएका ४४ वर्षीय बिनोद प्रसाद निरौला सोही होटलको कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

पाँचथर, याङबरक गाउँपालिका-१ हर्केटेस्थित मध्य पहाडी लोकमार्गमा काम गर्ने जाजरकोट नलगाड नगरपालिका-३ बस्ने ४९ वर्षीय मान बहादुर थापा बेस क्याम्पमा बुधबार मृत अवस्थामा फेल परेका छन् ।

संखुवासभा, चिचिला गाउँपालिका-३ फाकादाम बस्ने दिपक राईकी ३ वर्षीया छोरी सदीक्षा राई घर नजिकै मृत अवस्थामा फेला परेकी छन् । गत कात्तिक १३ गते आफ्नै आँगनमा खेलिरहेको अवस्थामा हराई वेपत्ता भएकी उनको उक्त स्थानमा सडी गलेको अवस्थामा शव फेला परेको हो ।

रामेछाप, रामेछाप नगरपालिका-३ साघुँटार लिखु खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिलाको शव बुधबार फेला परेको छ ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?