दुधको उपभोक्ता मूल्य बढ्यो

लोकपथ
975
Shares

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दुधको मूल्य बढाएको छ । डीडीसी दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाउने निर्णय गरेको हो । सरकारले कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएसँगै डीडीसीले पनि उपभोक्ता मूल्य बढाउने निर्णय गरेको हो । अब दुधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ पुगेको छ ।

बढेको मूल्य भोलि (शुक्रबार) देखि लागू हुनेछ । डीडीसीले वैज्ञानिक आधारमा स्टान्डर्ड दूधको मूल्य निर्धारण गरेको हो ।

यसअघि, दुधको मूल्य प्रतिलिटर ७६ रुपैयाँ कायम थियो । मन्त्रिपरिषद्को बैठकले किसानले पाउने दुधको मूल्य १३.१७ प्रतिशतले बढाएको थियो । यसअघि, किसानले प्रतिलिटर दुधमा ४९.५२ रुपैयाँ पाउँथे । नयाँ मूल्य निर्धारण भएसँगै किसानले प्रतिलिटर ५६.०४ रुपैयाँ पाउनेछन् ।

कच्चा दुधको मूल्यवृद्धिसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि उपभोक्ता मूल्य निर्धारण गर्न सहमति दिएको थियो । मन्त्रालयले बुधबार ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनफको आधार मूल्य बढाउन डीडीसीलाई अनुमति दिएको थियो । त्यसपश्चात डीडीसीले पनि मूल्य बढाउने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?