स्थानीय निर्वाचनमा गठबन्धन गर्ने प्रचण्डको प्रस्ताव, शेखरले गरे अस्वीकार

लोकपथ
567
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटघाट भएको छ ।

बिहान प्रचण्ड निवास खुमालटारमा भएको भेटघाटमा संसद सुचारु गर्ने, एमसीसी लगायतका विषयमा छलफल भएको थियो ।

कोइरालाको सचिवालयले दिएको जानकारी अनुसार प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानेबारे गरेको प्रस्तावलाई कोइरालाले अस्वीकार गरेको बताइएको छ ।

त्यस्तै भेटमा कोइरालाले संसदलाई चल्न नदिएर बन्धक बनाउन नहुनेमा जोड दिएका थिए । साथै एमसीसी परियोजनालाई संसदबाट अनुमोदन गर्ने तयारी रहेका बेला त्यसलाई अनिर्णयको बन्दी बनाउन नहुनेबारे छलफल गरेका थिए ।

यसअघि बुधबार साँझ नेता कोइरालाले पूर्व प्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?