पाँच सयले बढ्यो सुनको मूल्य

लोकपथ
208
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य पाँच सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९३ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मुल्य भने स्थिर रहेकोे छ । बुधबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि त्यही भाउ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?