हेर्नुहोस् विदेशी मुद्राको विनिमयदर (तथ्यांकसहित)

लोकपथ
143
Shares

काठमाडौं । विदेशी मुद्राको आजको विनिमयदर सार्वजनिक भएको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ४० पैसा र बिक्री दर १२० रुपैयाँ कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३७ रुपैयाँ २९ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ २० पैसा र बिक्रीदर १६३ रुपैयाँ दुई पैसा छ ।

स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ३७ पैसा र बिक्री दर १३० रुपैयाँ दुई पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ६९ पैसा र बिक्री दर ८६ रुपैयाँ १२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ६० पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ ३४ पैसा र बिक्री दर १० रुपैयाँ ४० पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिरदर ३१ रुपैयाँ ८३ पैसा र बिक्री दर ३१ रुपैयाँ ९९ पैसा छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५३ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ६८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ पाँच पैसा कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?