एक खेलअघि नै भारतलाई वेस्ट इन्डिजविरूद्वकाे शृंखला

लोकपथ
42
Shares
India players celebrate the wicket of Darren Bravo of West Indies during the second One Day International match (ODI) between India and the West Indies held at the Narendra Modi Stadium in Ahmedabad on the 9th February 2022 Photo by Deepak Malik / Sportzpics for BCCI

घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय शृंखला एक खेल अघि नै आफ्नो नियन्त्रणमा राखेको छ ।

बुधबार अहमदाबादमा भएको दोस्रो एकदिवसीयमा ४४ रनको जित निकाल्दै भारतले शृंखलामा लगातार दोस्रो जित निकालेको हो ।

पहिलो एकदिवसीयमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो । अब अन्तिम खेल शनिबार हुनेछ ।

२३८ रनको विजयी लक्ष्य पछ्याएको भ्रमणकारी टोली वेस्ट इन्डिजले ४६ ओभरमा पूरा विकेट गुमाउदै १९३ रनमा समेटियो ।

वेस्ट इन्डिजका शम्राह ब्रुक्सले सर्वाधिक ४४ रन जोडे । यस्तै अकिल होसेनले ३४, शाइ होपले २७, र ओडिन सिथले २४ रनको योगदान गरे । भारतका प्रसिद्ध कृष्णले सर्बाधिक ४ विकेट लिदा शार्दुल ठाकुरले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २३७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।

भारतका सूर्यकुमार यादवले सर्बाधिक ६४ रन बनाए । यस्तै केएल राहुलले ४९, दिपक होडाले २९ , वासिङ्गटन सुन्दरले २४ रनको योगदान गरे । वेस्ट इन्डिजका अल्जारी जोसेप र ओडिन स्मिथले समान २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?