काठमाडौं । सर्वोच्च अदालतले आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको मितिविरुद्ध परेको रिट दरपीठ भएको छ ।
आगामी वैशाख ३० गते निर्वाचन गर्दा संविधानले तोके अनुसार आफूहरुको कार्यकाल पाँच वर्ष पूरा नहुने भन्दै महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले रिट लिएर सर्वोच्च पुगेका थिए । तर उक्त रिट दर्ताका लागि योग्य नभएको भन्दै सर्वोच्चका
रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपीठको आदेश दिएका हुन् ।
मेयर साहले आफ्नो कार्यकाल ६ असोज २०७९ मा सकिने भन्दै वैशाख ३० मा निर्वाचन गर्दा आफूले पाँच वर्ष कार्यकाल पूरा गर्न नपाउने भन्दै सर्वोच्चमा रिट दिने तयारी गरेका थिए । तर सर्वोच्चले उक्त रिट दर्ता गर्न नगर्ने योग्य नभएको ठहरसहित फिर्ता पठाएको हो ।
‘नगरप्रमुखको पाँच वर्षको कार्यकाल घटाउने प्रवल सम्भावना रहेको भनी विना आधार प्रस्तुत निवेदन लिई आएको हुँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ समेतका आधारमा दर्ता गर्न मिलेन ।’ आदेशमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया