काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै देशभर थप ७ हजार ७ सय ७७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १४ जनाको ज्यान गएको छ ।
हाल देशभर ३० हजार २४१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया