काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अझै महिलाहरुले गाग्रोमा पानी बोक्न परेको भन्दै नेताहरुप्रति कटाक्ष गरेका छन् ।
दाङ घोरहीका महिलाहरुले गाग्रोमा पानी बोकेको तस्बिर राख्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले घोरही उपमहानगरपालिका राखिएको भन्दै नेताहरुप्रति व्यंग्य गरेका छन् ।
उनले भनेका छन्, ‘ खानेपानी समेत घरघरमा पुर्याउन नसक्ने र महिलालाई बज्यैको पालामा झैं तीनघण्टा थाप्लोमा गाग्री बोक्न लगाउने ‘उपमहानगरपालिका’९ दांग घोराही० रे१ ‘क्रान्तिकारी’ नेताहरू चाहिं ःऋऋ र शराबको शिशी बोक्नमै मस्त१’
उनले दाङबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने पूर्व सभामुख समेत रहेका माओवादी नेता कृष्णबहादुर महरामाथि व्यंग्य गर्दै क्रान्तिकारी नेताहरु चाँही एमसीसी र शराबको शिशी बोक्नमै मस्त! भन्दै कटाक्ष गरेका हुन् ।
महरा सभामुख हुँदाको बखत एक महिलासँगको खराब सम्बन्धको कारण पदबाट बाहिरिएका थिए ।
महिलाहरुले अझै पनि पुरानो जमनाको जस्तै गाग्री बोक्न परेको भन्दै त्यसले समाजवाद आउन नसक्ने भन्दै कटाक्ष गरेका छन् ।
उनले भने, ‘ अनि आउने भो ‘समाजवाद’१जुन गोरूको सिंग छैन उसको नाम तीखे! Shame!Shame!’
खानेपानी समेत घरघरमा पुर्याउन नसक्ने र महिलालाई बज्यैको पालामा झैं तीनघण्टा थाप्लोमा गाग्री बोक्न लगाउने ‘उपमहानगरपालिका’( दांग घोराही) रे! ‘क्रान्तिकारी’ नेताहरू चाहिं MCC र शराबको शिशी बोक्नमै मस्त! अनि आउने भो ‘समाजवाद’!जुन गोरूको सिंग छैन उसको नाम तीखे! Shame!Shame! pic.twitter.com/ICkNXzlrye
— Baburam Bhattarai (@brb1954) February 9, 2022
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया