१४ मङ्सिर २०८०, बिहीवार

यीनले टिकट पाए वामपन्थी गठबन्धनलाई हराइदिने

२०७४,आश्विन,२६,बिहीवार ०६:३०

0
Shares

काठमाडौं – प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ टिकटका लागि सिफारिशमा परेका नेपाली कांग्रेसका युवा नेता भरत सापकोटाले आफूले टिकट पाए वामपन्थी गठबन्धनलाई हराईदिने दाबी गरेका छन् । युवा नेता सापकोटाले एमाले माओवादीको वामपन्थी गठबन्धनलाई चुनौति दिन आफू तयार रहेको बताए ।आगामी चुनावमा एमाले, माओवादी लगायत अन्य वामपन्थी दलहरु एक भएसँगै कांग्रेस भित्र चुनाव हारिने हो कि भन्ने चिन्ता सर्वत्र छाएको छ । वामपन्थी गठबन्धनले चितवनका कांग्रेसीहरुलाई समेत चिन्ताको विषय बनाईरहेको छ । यसै बीचमा युवा नेता सापकोटा भने आफूले टिकट पाए चुनाव जित्नेमा ढुक्क छन् । उनी भन्छन्, ‛ पार्टीले टिकट दिए म आफू प्रचण्ड उठ्ने क्षेत्रबाट समेत चुनाव लड्न तयार छु । उम्मेदवारका धेरै आकांक्षीहरुमा चुनाव हारिने नैराश्यता देखिरहेको छु तर म वामपन्थी गठबन्धनका जो सुकै सँग पनि चुनाव लड्न तयार छु ।’ टिकट पाए आफूले चुनाव जितेर देखाईदिने दाबी उनको छ ।आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा चितवनबाट कांग्रेसका युवा नेताहरु बढी आकांक्षी बनेका छन् । यतिखेर चितवनका कांग्रेसी नेताहरु टिकट लिन काठमाडौंस्थित शीर्ष नेताहरु कहाँ धाईरहेका छन् । सबभन्दा ठूलो पार्टी भएकाले कांग्रेसबाट उम्मेदवारहरुको आकांक्षी बढेको भएपनि वामपन्थी गठबन्धनका कारण चितवनमा अहिले धेरै आकांक्षी उम्मेदवारहरु हच्किएका छन् । संघ र प्रदेशसभाको निर्वाचनका लागि नेपाली कांग्रेस चितवनले २७७ जनाको नाम पार्टी केन्द्रीय समितिमा सिफारिस गरेको छ ।जिल्लाबाट केन्द्रमा सिफारिस हुने नाममा जिल्लाका कहलिएका नेतादेखि युवा पुस्ताका नेताको नाम परेको छ । यस पटकको चुनावमा चितवनमा धेरै युवा नेताहरुको नाम सिफारिश भएको छ । जसमा सबभन्दा बढी चर्चा युवा नेता भरत सापकोटाको छ । सापकोटा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालासँग नजिक रहेर काम गरेका युवा नेता हुन् । त्यस्तै सुजाता कोइराला उपप्रधान तथा परराष्ट्र मन्त्री हुँदा उनी प्रमुख स्वकीय सचिव थिए । सापकोटाको नाम चितवन क्षेत्र नं २ बाट केन्द्रीय संसदको चुनावमा सिफारिश भएको छ । उनी पहिलो पटक चुनाव लड्दै छन् । नेपाल विद्यार्थी संघका पूर्व सल्लाहकार तथा नेपाल साँस्कृतिक संघका सल्लाहकार समेत रहिसकेका सापकोटाको सम्बन्ध अन्तर्राष्ट्रिय स्तरमै राम्रो मानिन्छ । सापकोटाको राजनीतिक सम्बन्ध एमाले, माओवादी लगायत सबै पार्टीसँग राम्रो छ । पार्टी भित्रबाट उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्ण सिटौला लगायतका नेताहरुको साथ रहेको बुझिएको छ ।उता चितवन क्षेत्र नं १ बाट एमाले नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे चुनाव लड्दै छन् भने क्षेत्र नं २ बाट एमालेका युवा नेता एवं हालका सांसद कृष्णभक्त पोखरेलको नाम सिफारिश भएको छ । उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नं ३ बाट चुनाव लड्ने यसअघि नै घोषणा गरेका थिए । चितवन क्षेत्र नं ३ बाट चुनाव लड्ने घोषणा गरेका प्रचण्डको चर्चा अहिले देशव्यापी छ । किनकी यसअघि प्रचण्डले सिरहा र काठमाडौं १० बाट चुनाव लडेका थिए । तर उनी काठमाडौंमा भने हारेका थिए ।त्यस्तै, जिल्लाका तीन सांसद रामकृष्ण घिमिरे, अञ्जनी श्रेष्ठ र उमेश श्रेष्ठको नाम क्षेत्र नं ३ मा संघको निर्वाचनका लागि सिफारिस भएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार ०६:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन -कोप–२८_ मा भाग लिन दुबई पुगेका

गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित मत परिणाम हासिल गर्दै संसद छिर्यो । संसदकै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ । तीन दिनसम्म महोत्तरीको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी

ताजा समाचार

दोस्रो एनटीए लिग आजदेखि हुँदै
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३९
चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३५
यस्तो छ आजको विनिमयदर
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३१