कांग्रेसलाई विजयी गराउन सांस्कृतिक संघले लियाे प्रचारप्रसारको जिम्मेवारी

लोकपथ
658
Shares

काठमाडौं । आगामी तीन वटै तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन नेपाल सांस्कृतिक संघले प्रचार–प्रसारको जिम्मेवारी लिने भएको छ ।

बुधबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी तीन वटै तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउनको लागि प्रचारप्रसारको जिम्मेवारी लिने बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका सभापति तीर्थबहादुर थापाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई अत्याधिक मतले विजयी गराउनका लागि स्रष्टा र संस्कृतिकर्मीहरुलाई सक्रीय र सशक्त रुपमा परिचालन गरिने बताए । उनले कांग्रेसले हालसम्म गरेका कामहरु तथा भविष्यमा गर्ने कामहरुको सम्बन्धमा गीत, संगीत, कविता, नाटक, प्रहशन, नृत्यको माध्यमबाट जनतासम्म पुर्‍याउने पनि बताए । निर्वाचन प्रयोजनका लागि फागुन मसान्तसम्म सातवटै प्रदेशमा संगठन सुदृढीकरण तथा प्रशिक्षण आयोजना गरिने र चैत मसान्तभित्र देशका ७५३ वटै स्थानीय तहमा संगठन निर्माण गरी निर्वाचनमा सक्रिय सहभागिता जनाउने संघका सभापति थापाले जानकारी दिए ।

नेपाल सांस्कृतिक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो । संघको तेस्रो महाधिवेशन आगामी ६ महिनाभित्र सम्पन्न गर्ने योजना रहेको पनि सभापति थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?