काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने एक हजार चार सय ३८ जना सवारी चालकहरूलाई कारबाही गरेको छ ।
मंगलबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।
कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ९७ जना, क्षमताभन्दा बढी यात्रु राख्ने १५ जना र रातो बत्तीको उल्लंघन गर्ने ८५ जना रहेका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६५ जना, अवस्था ठीक नभएको सवारीसाधन चलाउने २० जना र मदिरा पिएर सवारीसाधन चलाउने ३५ जना चालकहरूलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया