डलर,युरो साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

लोकपथ
416
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ३० पैसा र बिक्री दर ११९ रुपैयाँ ९० पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ २३ पैसा र बिक्री दर १३६ रुपैयाँ ९१ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ६६ पैसा र बिक्री दर १६२ रुपैयाँ ४८ पैसा छ ।

स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ २३ पैसा र बिक्री दर १२९ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ चार पैसा र बिक्री दर ८५ रुपैयाँ ४६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ४५ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३५ पैसा र बिक्री दर १० रुपैयाँ ४० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७४ पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८० पैसा र बिक्री दर ३१ रुपैयाँ ९६ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ७७ पैसा र बिक्री दर ३२ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ दुई पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?