एनआइसी एसियाको ‘सर्वश्रेष्ठ बचत खाता’ खोल्दा ग्राहकलाई फाइदै फाइदा

लोकपथ
260
Shares

काठमाडौं । एनआइसी एसिया बैंकको सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरुलाई विभिन्न योजना ल्याएको छ । बैंकको सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरुलाई २४ वटा फाइदा प्राप्त गर्न सक्नेछन् ।

बैंकले गत कात्तिक १ गतेदेखि ल्याएको उक्त खातामा सर्वाधिक उच्च ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । यसका अलावा ग्राहकले तीन/तीन वटा बीमा तथा कर्जा सम्बन्धी फाइदा र अन्य डेढ दर्जन फाइदा रहेको छ ।

बैंकका अनुसार सर्वश्रेष्ठ बचत खातामा १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिका लागि प्रदान गर्दै बचत खातामै ८४ लाख रुपैयाँसम्मको सर्वश्रेष्ठ बीमा फाईदा प्रदान गरिएको छ ।

यस खाता खोल्ने ग्राहकले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा सुविधासमेत प्राप्त गर्न सक्नेछन् ।

बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई ५ वर्षको अवधीसम्म उपलब्ध गराएको छ ।

यी सुविधा/फाईदाहरू यसअघि सर्वश्रेष्ठ खाताहरू खोलिसकेका ग्राहकले समेत निशुल्क स्वतः प्राप्त सक्नेछन् । बैंकको सर्वश्रेष्ठ बचत खाताहरूमा उपलब्ध फाइदा सम्बन्धी विस्तृत जानकारीका लागि यस बैंकको नजिकको शाखा कार्यालय वा मोबाइलको मेसेज बक्समा एसबी टाइप गरी ३४८८ मा एसएमएस पठाउन बैंकमा पठाउनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?