घट्यो सेयर बजार

लोकपथ
130
Shares

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार गिरावट आएको छ ।

सोमबार १५.६९ अंकले बढेको नेप्से परिसूचक मंगलबारको कारोबारमा १६.३० अंकले घटेर २ हजार ८३५.५८ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.८२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंकले घटेको छ ।

मंगलबार कारोबारमा आएका २३० कम्पनीको १ करोड २० लाख ५३ हजार कित्ता शेयर ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
सोमबारको तुलनाका नेप्से परिसूचक गिरावट आए पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । सोमबार ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

मंगलबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४७ प्रतिशत, निर्जीवन बीमाको ०.४३ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.३८ प्रतिशत, होटल तथा पर्यटनको ०.१२ प्रतिशत र व्यापार उपसमूहको ०.०९ प्रतिशत बढेको छ । यता जलविद्युत तथा लगानी उपसमूहको परिसूचक सबैभन्दा धेरै १.५४ प्रतिशत घटेको छ । आज जीवन बीमा १.०७ प्रतिशत, विकास बैंकको १.०२ प्रतिशत, लघुवित्तको ०.६५ प्रतिशतले घटेको छ ।

आजको नेप्सेमा गिरावट आए पनि नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य बढेको छ । बुद्धभुमी नेपाल हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी र विन नेपाल लघुवित्त शेयर मूल्य बढेको छ । यता लिबर्टी इनर्जीको शेयरमूल्य भने सवैभन्दा बढी ६.२७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा ३५ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर अरुण भ्याली हाइड्रोपावर पहिलो स्थानमा छ । अपि पावरको ३३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?