सूर्या लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको दाबी रकम भुक्तानी

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले काभ्रेपलाञ्चोक, बनेपा न.पा. वडा नं. १३ का बीमित दिपेन्द्र परियारलाई घातक रोग वापतको ५ लाख हस्तान्तरण गरेको छ ।

उनलाई बीमालेख लिएको १ वर्ष नबित्दै क्यान्सर भएको थियो ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुको उपस्थितिमा दिपेन्द्र परियारलाई प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले चेक हस्तान्तरण गरेका थिए ।

कम्पनीको आ.व. २०७८/७९ को पुष मसान्त सम्ममा ५७४ पोलिसीको कुल ३२,२७,९६,१०५ रुपैयाँ भुक्तानी भइसकेको छ ।

जनमानसमा बीमा दाबी भुक्तानी सम्बन्धी नकारात्मक आवधारणालाई परिवर्तन गरी दाबी भुक्तानीलाई सरल, पारदर्शी र सतप्रतिशत फछ्र्यौट गर्ने अभियानमा सूर्या लाइफ रहेको प्रमुख कार्यकारी अधिकृतले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?