काठमाडौं । भोलि (माघ २६ गते बुधबार) प्रतिनिधि सभाको बैठक बस्दैछ ।
भोलि बस्ने प्रतिनिधि सभाको बैठकका लागि कार्यसूची सार्वजनिक भएको छ ।
संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै वार्षिक प्रतिवेदन पेशदेखि लिएर शोक प्रस्ताव पारितसम्मको कार्यक्रम रहेको जानकारी गराएको छ ।
जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ‘‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७÷०७८’’ पेश गर्नेछन् ।
त्यस्तै विभिन्न मितिमा निधन भएका पूर्व सांसदहरुको निधनको शोक प्रस्ताव गर्ने समेतको कार्यसूची रहेको बताइएको छ ।
गत माघ १६ गतेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको थियो । तर अमेरिकी सहयोग परियोजना (एमसीसी) को विषयमा छलफल गर्नका लागि भोलि सम्मका लागि बैठक सारिएको थियो । भोलि बस्ने बैठकमा त्यसको कार्यसूची राख्ने बताइए पनि त्यसको कार्यसूची तय गरिएको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख प्रतिपक्षी दल समेत एमसीसीलाई संसदबाट अनुमोदन गराउन लागि परेका छन् । तर यता सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी भने यथास्थितीमा एमसीसी पास गर्न नहुने पक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया