करेन्ट लागेर एकको मृत्यु

बर्दिया, २६ असोज ।बर्दियाको ठाकुरबाबा नगरपालिकाबाट धानको भुस बोकेर पोखरा जाँदै गरेको ट्रकमा बिजुलीको लाइनले छुँदा करेन्ट लागेर घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।ठाकुरबाबा नगरपालिका–३ जुडपानीबाट भुस बोकेको ना ३ ख ५४८८ नंको ट्रकमा बिजुलीको लाइनले छुँदा करेन्ट लागी घाइते भएका बर्दिया बाँसगढी नगरपालिका– ३ का २० वर्षीय बलिराम थारुको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।अर्का घाइते बाँसगढी–३ कै अर्जुन थारुको उपचार भइरहेको प्रहरीले जनाएको छ । भुस बोकेको ट्रकमा बुधबार करेन्ट लाग्दा दुईजना घाइते भएका थिए । चालक र ट्रक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?