बार एशोसिएसनको आन्दोलनको १०० दिन पूरा : माग सम्बोधन नहुन्जेल आन्दोलन जारी रहने

लोकपथ
56
Shares

काठमाडौं । नेपाल बार एशोसिएसनले न्यायालय सुधारको माग गर्दे गरिएको आन्दोलन जारी रहने जनाएको छ ।

न्यायपालिका सुधारका लागि सुरु गरेको आन्दोलनको एक सय दिन पुगेको अवसरमा सोमबार एशोसियसनको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मलनमा बोल्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले माग पूरा नहुन्जेल आन्दोलन जारी रहने जनाएका हुन् ।

उनले आन्दोलनले एक सय दिन पुरा गरिसक्दासम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बारले न्यायपालिकाका विकृति, विङगति नियन्त्रणको लागि दिएका सुझावहरु कार्यान्वयन गर्न चासो नदिएको दाबी गरे । उनले न्यायपालिका सुधारकै विषयमा गर्न लागिएको राष्ट्रिय सम्मेलनसम्म आन्दोलन जारी रहने र त्यसपछिका कार्यक्रम सम्मेलनले नै तय गर्ने बताए । सम्मेलनमा न्यायपालिका सुधार सम्बन्धी न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमाथि पछि छलफल गरिने जानकारी उनले दिए । उनले भने “न्यायलय सुधारको कार्यक्रम पुर्ण नभएसम्म आन्दोलन निरन्तर जारी रहन्छ । न्यापालिका सुधारकै विषयलाई लिएर फागुन १५,१६,१७ गते राष्ट्रिय सम्मेलनमा न्यायपालिका सुधार र हरिकृष्ण कार्कीको प्रतिवेदनमाथि छलफल गरिन्छ । त्यसैले फागुन १७ गते सम्मका लागि आन्दोलनलाई निरन्तर जारी रहन्छ । त्यसपछिको कार्यक्रम सम्मेलनले तय गर्छ । ”

तीन वर्ष अगाडिदेखि नै न्यायपालिका भित्रको न्यायाधीश नियुक्तिको विषयदेखि न्याय सम्पादनमा बिचौलियाहरुको विगविगी, विसङगति, विकृतिको विषयमा बारले पटक–पटक प्रधानन्यायाधीशलाई ध्यानाकर्षण गराउँदा पनि प्रधानन्यायधीशबाट सुनुवाई नभएको बताए । उनले न्यायपालिका सुधारको लागि प्रधानन्यायाधीश जवराको वर्हिगमन हुनुपर्ने दोहोर्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?