काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तहको निर्वाचनको तयारी गरेको छ ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकेसँगै जनमत पार्टीले उम्मेदवार हुन योग्य र मापदण्ड पुगेकाहरुले नाम सिफारिसको लागि केन्द्रीय सचिवालयमा पठाउन आग्रह गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै डा. राउतले विज्ञप्ति जारी गर्दै नाम सिफारिस गर्न आग्रह गर्दै उक्त नामलाई सबै कोणबाट छलफल गरी अन्तिम टुंगो केन्द्रीय कार्यकारिणी समितिको बैठकले गर्ने जानकारी गराएका छन् ।
‘नेपाल सरकारबाट मिति २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरिएको हुनाले जनमत पार्टीको तर्फबाट उम्मेदवार हुन योग्य तथा मापदण्ड पुगेका उम्मेदवारहरुको नाम सिफारिस गरी केन्द्रीय सचिवालयमा पठाउनु हुन अनुरोध छ ।’जारी विज्ञप्तिमा भनिएको छ, ‘याद रहोस्, यो केवल सिफारिस हुनेछ, अन्तिम निर्णय भने होइन, अन्तिम निर्णय केन्द्रीय कार्यकारीणी समितिले विभिन्न च्यानलबाट आएका सबै सिफारिसहरुलाई मूल्यांकन गर्नेछ ।’
सिफारिसका लागि http://janamatparty.org/election2078 मा गइ सिफरिस गर्न सकिने बताइउको छ ।
सरकारले आगामी २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० मा तीनै तहको निर्वाचन गर्ने घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया