रिङरोडमा साइकल लेन बनाउन ललितपुर महानगरपालिकाद्वारा टेन्डर

लोकपथ
105
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले रिङरोड खण्डमा साइकल लेन बनाउने टेन्डर आह्वन गरेको छ । महानगरपालिकाले सोमबार आह्वन गरेको टेन्डरमा करिब दुई करोड रुपैयाँमा साइकल लेन बनाउने गरी प्रसताव मागको सूचना जारी गरेको हो । महानगरपालिकाले एक करोड ९४ लाख २८ हजार एक सय ३४ मा टेन्डर आह्वान गरेको हो ।

यस्तै, सोही टेन्डर सूचनामा महानगरपालिकामा यसअघि नै भएका साइकल लेनमा पुनः रंग लगाउन पनि टेन्डर आह्वन गरिएको छ । सूचनाअनुसार ४९ लाख ३३ हजार सात सय आठ रुपैयाँमा महानगरभित्रका पहिला नै साइकल लेन बनिसकेको स्थानमा पुनः मर्मत गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?