१८ चैत्र २०७९, शनिवार

पत्रकार आचार्यको ‘चीन चियाउँदा’ सार्वजनिक

२०७४,आश्विन,२६,बिहीवार ०६:०९

0
Shares

काठमाडौँ, २६ असोज ।पत्रकार चेतनाथ आचार्यद्वारा लिखित संस्मरण ‘चीन चियाउँदा’ को बुधबार यहाँ एक कार्यक्रमबीच सार्वजनिक गरियो ।चीनको रेडियो सिआरआइमा नेपाली भाषा विज्ञका रुपमा कार्यरत पत्रकार आचार्यको सो पुस्तक नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाल–चीन अध्ययन केन्द्रका कावा अध्यक्ष सुन्दरनाथ भट्टराई, नेपालस्थित चिनियाँ दूतावासका अधिकृत ची क्वाङली र प्राज्ञ सुलोचना मानन्धरले संयुक्तरुपमा सार्वजनिक गरे ।कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले आचार्यले एक सफल पत्रकार तथा विश्लेषकका रुपमा नेपाललाई चीनमा र चीनलाई नेपालमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताउदै उनको यो पुस्तक चीनलाई चिन्न ज्यादै उपयोगी हुने विचार व्यक्त गरे । उनले लेखकको शैली सरल तर रोचक रहेको पनि बताए ।नेपाल–चीन अध्ययन केन्द्रका कावा अध्यक्ष भट्टराईले पत्रकार आचार्यले पुस्तकमा चिनियाँ समाज र संस्कृतिका रोचक पक्ष उजागर गरेको बताए ।प्राज्ञ तथा नेपाल चीन महिला संघका उपाध्यक्ष सुलोचना मानन्धरले आफूले देखेको २५ वर्षमा चीन बेग्लै भएको र लेखकले चीनबारे जान्न चाहनेलाई धेरै सूचना उपलब्ध गराएको बताए ।चिनियाँ दूतावासका प्रेस तथा राजनीतिक विभाग प्रमूख ची क्वाङलीले नेपाल र चीन राम्रा साथी र छिमेकी भएको बताउँदै पुस्तकबाट चीनको शिक्षा, संस्कृतिबारे जानकारी प्राप्त गरी पाठक लाभान्वित हुने बताए ।इलाम नयाँबजारमा जन्मी हाल बेइजिङमा सिआरआइ रेडियोमा कार्यरत लेखक आचार्यले कुनै समय तिब्बतसँग नेपालको ७५ प्रतिशत व्यापार हुने गरेको बताउँदै हिमाललाई अवरोध मान्न नहुने बताए ।नेपाल–चीनबीच भाषागत कठिनाइ र केही सूचनाको भ्रम पनि रहेको बताउँदै हामीले तिब्बत भ्रमण गर्ने एक करोड चिनियाँमध्ये १० प्रतिशतमात्र पनि आकर्षित गर्नसके ठूलो लाभ हुने बताए । हामी चीनलाई चिन्न पछि परेको र आफ्नो अनुभवका आधारमा लेखिएको यस पुस्तकले केही मात्रामा भए पनि सहयोग गर्ने उनले बताए ।चीनको छातीमा नेपाली गौरवलगायत बीस शीर्षकमा प्रकाशित उक्त संस्मरणको मुल्य रु २५० रहेको छ भने पुस्तक सांग्रिला पुस्तक, काठमाडौँले प्रकाशन गरेको हो ।

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार ०६:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आजदेखि नेपाली चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदै छ । प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा

काठमाडौं । नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले प्राविधिकलाई लक्षित गर्दै नयाँ नियम ल्याउने भएको छ । गत चैत ९ गते

काठमाडौं । बलिउड एवम हलिउड नायीका प्रियंका चोपडा आफ्नो अभिव्यक्तीका कारण हाल निकै चर्चामा रहेकी छिन् । उनले आफू बलिउड

काठमाडाैं । नवाजुद्दीन सिद्दिकी पछिल्ला केही दिनदेखि आफ्नी श्रीमती आलिया सिद्दीकीसँगको विवादका कारण चर्चामा रहेका छन् । सम्बन्धविच्छेदको प्रक्रिया शुरु

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८