सुनको मूल्य तोलामा पाँच सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

लोकपथ
429
Shares

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँ कायम भएको छ । सोमबार तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । सोमबार एक हजार २५५ रुपैँयामा कारोबार भएको चाँदी मंगलबार प्रतितोलामा एक हजार २६० रुपैयाँ निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?