मौसममा अझै सुधार आएन : तराईमा हुस्सु, हिमाली भू-भागमा हिमपात

लोकपथ
546
Shares

काठमाडौं । तीन दिन अघिको वर्षापछि मौसममा सुधार हुने अपेक्षा गरिए पनि तराईका जिल्लामा अझै हुस्सु हटेको छैन । पश्चिमी वायुको सामान्य प्रभाव रहेको बदलीसँगै हुस्सु र कुहिरो कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको बिहान साढे ९ बजेको तथ्यांक अनुसार हुस्सुका कारण तराईका सबै विमानस्थलको भिजिबिलिटी न्यून छ ।

उडानका लागि सामान्यता ३ हजार मिटर भिजिबिलिटी चाहिन्छ । तर, धनगढी विमानस्थलमा भिजिबिलिटी २ सय मिटरमा झरेको छ । नेपालगन्ज विमानस्थलमा ५ सय, भैरहवामा ५०, सिमरामा २ सय, जनकपुरमा १०० र विराटनगरमा २ सय मिटर मात्र भिजिबिलिटी कायम छ ।

महाशाखाका अनुसार पश्चिमी वायुका कारण बदली हुँदा समस्या भएको हो ।

दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बुधबार दिउँसो कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थान र लुम्बिनी, गण्डकी तथा प्रदेश १ का एक वा दूई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?