प्रदेश १ मा २०९ मा कोरोना सङ्क्रमण

लोकपथ
35
Shares

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रलयका अनुसार ६३७ जनाको पिसिआर परीक्षण गर्दा १४९ र ३७९ जनाका एन्टिजेन परीक्षण गर्दा ६० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरीमा ३१, झापामा २४, उदयपुर र धनकुटामा तीन/तीन, इलाम, सङ्खुवासभा र खोटाङमा दुई÷दुई, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा एक/एक र प्रदेश बाहिरका ११ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३०, बेलबारीमा आठ, उर्लाबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र बूढीगङ्गामा पाँच/पाँच, ग्रामथानमा तीन, सुनवर्षीमा दुई, मिक्लाजुङ, जहदा, कटहरी, कानेपोखरी र स्थानीयतह नखुलेका एक/एक, सुनसरीको धरानमा ११, इटहरीमा नौ, बराहक्षेत्रमा चार, गढीमा दुई, देवानगञ्ज र इनरुवामा एक/एक र स्थानीयतह नखुलेका तीन, झापाको दमकमा आठ, हल्दिबारी र कनकाईमा तीन/तीन, भद्रपुरमा दुई, बुद्धशान्ति, शिवसताक्षी, विर्तामोड, मेचीनगर, गौरादह, गौरीगञ्ज, कमलगाउँपालिका र स्थानीयतह नखुलेका एक/एकजनामा सङक्रमण देखिएको हो ।

यसैगरी उदयपुरको उदयपुरगढी, चौदण्डीगढी र स्थानीयतह नखुलेका एक/एक, धनकुटाको धनकुटा नगरपालिकामा तीन, इलामको इलामनगरपालिका र चुलाचुलीमा एक/एक, सङ्खुवासभाको खाँदबारी र पाँचखपनमा एक/एक, खोटाङको दिप्रुङमा दुई, पाँचथरको फिदिम, ताप्लेजुङको श्रीजङ्गा र तेह्रथुममा एक/एक र प्रदेश बाहिरका ११ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेशमा आज १८० महिलासहित ४५८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुुई महिलाको मृत्यु भएको छ । यस प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६३२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?