बारको आन्दोलनले न्यायालय शुद्धीकरण सुरुआत भएको छ : अध्यक्ष श्रेष्ठ

लोकपथ
35
Shares

नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारको आन्दोलनले न्यायालय शुद्धीकरणको सुरुआत भएको बताएका छन् । बारले न्यायालयको शुद्धीकरणको आन्दोलन सुरुको भएको १०० दिन पुगेको अवसरमा आज पत्रकार सम्मेलनको आयोजना गरी बारले आन्दोलन सुरु गरेपछि गोला प्रक्रियाबाट मुद्दाको सुनुवाइ हुने महत्वपूर्ण भएको बताए।

न्यायालयमा गोलाप्रक्रियाबाट मुद्दाको पेसी तोक्नुपर्ने, न्यायालयमा भ्रष्टाचारको अन्त्य गर्नेपर्नेलगायत माग राख्दै बारले गत कात्तिक १४ गतेदेखि आन्दोलन गरेको थियो । कोभिड–१९ को महामारीका बेलामा पनि बारेले भर्चुअल रुपमा आन्दोलनलाई अगाडि बढाइरहेको छ ।

बारका अध्यक्ष श्रेष्ठले बारको आन्दोलनस्वरुप गोलाप्रक्रियाबाट मुद्दाको सुनुवाइ हुन सुरु भए पनि न्याय परिषद्, न्याय सेवा आयोगको बैठक बस्न नसक्दा न्यायालय अनिर्णयको बन्दी बन्दै गएको बताए । सर्वोच्च बारका अध्यक्ष डा पूर्णमान शाक्यले बारको आन्दोलन कुनै व्यक्तिलाई लक्षित गरेर नभएको उल्लेख गर्दै समग्र न्यायालयको सुधारका लागि भएको र भ्रष्टाचारलाई अन्त्य गरी न्यायाधीशहरूले न्याय सम्पादन ध्यान दिनुपर्नेमा जोड दिए । आन्दोलन न्यायपालिकाप्रतिको विश्वासमाथि उठाउनका लागि भएको र बारले न्यायालयको शुद्धीकरण नभएसम्म आन्दोलनलाई जारी राख्ने बारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?