काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर ११ हजार ३ सय ६५ जनाको नमूना परीक्षण गर्दा १ हजार २२ जनामा पीसीआर र ५ सय ४८ जनामा एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार १ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख १५ हजार ४ सय ८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या ४ गुणाले बढी रहेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार ८ सय २७ जनाको मृत्यु भएको छ । पछिल्ल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोनाको कारण थप १३ जनाको मृत्यु भएको हो ।
हाल नेपालमा ४० हजार १ सय ११ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया