नेकोसको सातौँ केन्द्रीय पदाधिकारी बैठक सम्पन्न, भलिबल टिमलाई सम्मान गर्ने

लोकपथ
252
Shares

काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस)ले बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा प्रथम हुने नेपाली महिला भलिबल टिमलाई नगदसहित सम्मान गर्ने भएको छ ।

काठमाडौंमा आइतबार सम्पन्न नेकोसको सातौँ केन्द्रीय पदाधिकारी बैठकले महिला भलिबल टिमलाई फागुन ७ गते नगदसहित सम्मान गर्ने नेकोसका प्रचार विभाग प्रमुख उमेश केसीले जानकारी दिए ।

नेकोसको सातौं केन्द्रीय पदाधिकारी बैठकले नवौँ राष्ट्रिय खेलकुदको मिति तोक्न समेत माग गरेको नेकोस का निवर्तमान केन्द्रीय सदस्य एवं महाधिवेशन आयोजक कमिटिका सदस्य विवेक घिमिरेले जानकारी दिए ।

नेकोसको बैठकमा नेकोसका अध्यक्ष रमेश कुमार पौडेल, नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम महासंघका इन्चार्ज गोकुल बास्कोटा र नेकपा एमाले केन्द्रीय सदस्य रचना खड्काको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?