धनगढीमा डिशहोम फाइबरनेट सहवितरकको सोरुम

लोकपथ
156
Shares

काठमाडौं । धनगढीको चटकपुरमा डिशहोम फाइबरनेट सहवितरकको सोरुम उद्घाटन भएको छ । डिशहोम फाइवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सो सोरुमको सञ्चालन गरिएको हो । सो सोरुमको सञ्चालन कृष्ण इन्टरप्राइजेजले गर्नेछ ।

सोरुम उद्घाटन, डिशहोमका तर्फबाट सेल्स अफिसर कमल रिमाल र सेल्स अफिसर लक्ष्मी राज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको श्री कृष्ण ईन्टरप्राईजेजले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।

१ सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको श्री कृष्ण इन्टेरप्राइजेजले अब अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने श्री कृष्ण ईन्टेरप्राईजेजका सञ्चालक सुरेश पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?