२५ श्रावण २०७९, बुधबार

पत्रकार आचार्यको ‘चीन चियाउँदा’ सार्वजनिक

२०७४,आश्विन,२६,बिहीवार ०६:०९

0
Shares

काठमाडौँ, २६ असोज ।पत्रकार चेतनाथ आचार्यद्वारा लिखित संस्मरण ‘चीन चियाउँदा’ को बुधबार यहाँ एक कार्यक्रमबीच सार्वजनिक गरियो ।चीनको रेडियो सिआरआइमा नेपाली भाषा विज्ञका रुपमा कार्यरत पत्रकार आचार्यको सो पुस्तक नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाल–चीन अध्ययन केन्द्रका कावा अध्यक्ष सुन्दरनाथ भट्टराई, नेपालस्थित चिनियाँ दूतावासका अधिकृत ची क्वाङली र प्राज्ञ सुलोचना मानन्धरले संयुक्तरुपमा सार्वजनिक गरे ।कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले आचार्यले एक सफल पत्रकार तथा विश्लेषकका रुपमा नेपाललाई चीनमा र चीनलाई नेपालमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताउदै उनको यो पुस्तक चीनलाई चिन्न ज्यादै उपयोगी हुने विचार व्यक्त गरे । उनले लेखकको शैली सरल तर रोचक रहेको पनि बताए ।नेपाल–चीन अध्ययन केन्द्रका कावा अध्यक्ष भट्टराईले पत्रकार आचार्यले पुस्तकमा चिनियाँ समाज र संस्कृतिका रोचक पक्ष उजागर गरेको बताए ।प्राज्ञ तथा नेपाल चीन महिला संघका उपाध्यक्ष सुलोचना मानन्धरले आफूले देखेको २५ वर्षमा चीन बेग्लै भएको र लेखकले चीनबारे जान्न चाहनेलाई धेरै सूचना उपलब्ध गराएको बताए ।चिनियाँ दूतावासका प्रेस तथा राजनीतिक विभाग प्रमूख ची क्वाङलीले नेपाल र चीन राम्रा साथी र छिमेकी भएको बताउँदै पुस्तकबाट चीनको शिक्षा, संस्कृतिबारे जानकारी प्राप्त गरी पाठक लाभान्वित हुने बताए ।इलाम नयाँबजारमा जन्मी हाल बेइजिङमा सिआरआइ रेडियोमा कार्यरत लेखक आचार्यले कुनै समय तिब्बतसँग नेपालको ७५ प्रतिशत व्यापार हुने गरेको बताउँदै हिमाललाई अवरोध मान्न नहुने बताए ।नेपाल–चीनबीच भाषागत कठिनाइ र केही सूचनाको भ्रम पनि रहेको बताउँदै हामीले तिब्बत भ्रमण गर्ने एक करोड चिनियाँमध्ये १० प्रतिशतमात्र पनि आकर्षित गर्नसके ठूलो लाभ हुने बताए । हामी चीनलाई चिन्न पछि परेको र आफ्नो अनुभवका आधारमा लेखिएको यस पुस्तकले केही मात्रामा भए पनि सहयोग गर्ने उनले बताए ।चीनको छातीमा नेपाली गौरवलगायत बीस शीर्षकमा प्रकाशित उक्त संस्मरणको मुल्य रु २५० रहेको छ भने पुस्तक सांग्रिला पुस्तक, काठमाडौँले प्रकाशन गरेको हो ।

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार ०६:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कबड्डी फेम निर्देशक रामबाबु गुरुङ नयाँ चलचित्र निर्देशनमा जुटेका छन् । फुलबारी चलचित्रको बुधबार घोषणा हुँदैछ । सोल्टीमोडस्थित

मुम्बई । बलिउड अभिनेता आमिर खान हालका दिनमा फिल्म ‘लाल सिंह चढ्ढा’का कारण चर्चामा छन् । यो फिल्मका लागि उनी

काठमाडौं । चलचित्र ‘माइकल अधिकारी’को नयाँ गीत ‘छुकछुक रेलगाडी’ सार्वजनिक भएको छ । प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको

काठमाडौं । ‘वाईवाई मिस धरान आईकन-२०२२’को उपाधि आसमाया राईले जितेकी छन् । ब्ल्याक पिग इन्टरटेन्मेन्टको आयोजना र साहारा इन्टरटेनमेन्टको व्यवस्थापनमा

ताजा समाचार

महिला फुटबलर दीपाले आईलिग छनोट खेल्ने
 २०७९,श्रावण,२५,बुधबार १०:५३
अछाममा ४ हजार ८० मतदाता थपिए
 २०७९,श्रावण,२५,बुधबार १०:५०
सी जिनपिङले डरलाग्दो बदमासी गरे : पेलोसी
 २०७९,श्रावण,२५,बुधबार १०:३५
आज पनि ‘पेन डाउन’ गर्दै नायबसुब्बाहरू
 २०७९,श्रावण,२५,बुधबार १०:२३
साकेलाका भूकम्पपीडितलाई राहत
 २०७९,श्रावण,२५,बुधबार १०:१४
पाँच विशिष्टको तलब बढ्ने, कसको कति ?
 २०७९,श्रावण,२५,बुधबार ०७:४३