बिजुलीको पोलबाट खसेर प्राधिकरणका कर्मचारीको मृत्यु

लोकपथ
767
Shares

ताप्लेजुङ । बिजुलीको पोलमा चढेर बिजुली मर्मत गर्ने क्रममा झरेर नेपाल विद्युत प्राविधिकरण ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका-४ क्याम्पस लाइन निवासी ४८ वर्षीय सूर्यप्रकाश लिम्बूको पोलबाट खसेर सोमबार मृत्यु भएको हो ।

पोलबाट भुइँमा बजारिएर घाइते भइ ताप्लेजुङ जिल्ला अस्पताल लगेको र अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख बाल नरसिंह राणाले बताए । विरेन्द्र चोक नजिक पोलमा चढेर बिजुली बनाइरहेको अवस्थामा भुईमा बजारिएपछि केदेमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?