काठमाडौं । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २६५ जना सवारी चालकलाई कारबाही गरेको छ ।
आइतबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ९१ जना, क्षमता भन्दा बढी यात्रु राख्ने १४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४८ जना चालक रहेका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५७ जना, अवस्था ठीक नभएको सवारीसाधन चलाउने २२ जना र मदिरा पिएर सवारीसाधन चलाउने ४५ जना पनि कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया