बालाजुको लोलाङ हाइटमा डिशहोम फाइबरनेटको सहवितरण सोरुम उद्घाटन

लोकपथ
117
Shares

काठमाडौं । नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले काठमाडौंको बालाजस्थित लोलाङ हाइटमा सह–वितरण सोरुमको सुभारम्भ गरेको छ ।

माघ २३ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन बालाजु इलेक्ट्रिक ट्रेडर्सले गर्नेछ ।

सोरुम समुद्घाटनमा डिशहोमका तर्फबाट नेसनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकर र रविन थापाको उपस्थिति रहेको थियो ।

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको बालाजु इलेक्ट्रिक ट्रेडर्सले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ।

१ हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको बालाजु इलेक्ट्रिक ट्रेडर्सले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मदत गर्ने बालाजु इलेक्ट्रिक ट्रेडर्सका सञ्चालक मानव श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?