हिउँ पर्‍यो फुरुरु हिमाली भेगैमा (फोटोफिचर)

काठमाडौं । दोलखाको कालिञ्चोक चर्चित पर्यटकीयस्थलमध्ये एक हो ।

हिमालको काखमा अवस्थित कालिञ्चोक आसपासका क्षेत्रमा परेको हिउँले पछिल्लो समय पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

हिउँ खेल्न र कालिञ्चोक भगवतीको दर्शन गर्न हजारौँको संख्यामा मानिसहरु जाने गरेका छन् ।

कालिञ्‍चोकबाट गौरीशंकर हिमालले हाँसेर आफूहरुको स्वागत गरिरहेको देख्न सकिन्छ । कालिञ्चोक डाँडाबाट मनोरम हिम शृङ्खला र मनोरम प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ।

हेर्नुहोस् कालिञ्‍चोक आसपासका क्षेत्रमा परेको हिउँ :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?